काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्। बुधबार संसदीय समितिमा ग्यास उद्योगीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा आएको हो।
मन्त्री यादवले ग्यास अभाव उद्योगीका कारण भएको दाबी गर्दै ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गरी दुईवटा मात्रै सञ्चालन गरे पुग्ने बताएकी थिइन्। उनको अभिव्यत्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए।
काठमाडौं उपत्यकामा हाल खाना पकाउने ग्यासको अभाव चर्किएको छ। उपभोक्ताले घण्टौँ लाइनमा बस्न बाध्य छन् भने ग्यास पाएका छैनन् भने तोकिएकोभन्दा बढी मूल्य तिर्नुपरेको गुनासो गरेका छन् ।
नेपालपत्र संवाददाता