शनिबार, आश्विन १७ गते २०८३

पर्यटन क्षेत्र पुनरोत्थानका लागि घाेषित कार्यक्रम अघि बढाउन माग 

मंसिर २६, २०७८ आइतबार
पर्यटन क्षेत्र पुनरोत्थानका लागि घाेषित कार्यक्रम अघि बढाउन माग 

 

होटल संघ नेपालल कोभिडबाट अतिप्रभावित पर्यटन तथा होटल क्षेत्रको पुनरोत्थानका कदम यथाशीघ्र अघि बढाउन माग गरेको छ । 

संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई आमन्त्रण गरी त्यस सम्बन्धमा जानकारी गराइएको संघले जनाएको छ ।
 
संघकी अध्यक्ष सृजना राणाले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरु अझै कार्यान्वयनमा आउन नसकेको हुँदा विशेष अभिभावकीय भूमिका निर्वाह गर्दै अन्य निकायहरुसँग पहलकदमी गरिदिनका लागि महानिर्देशकसँग आग्रह गरेकी हुन् । 

संघले निम्न विषयहरुमा सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने विषय उठाउँदै आएको छ:

  • नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल हुनुपर्ने
  • वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिन बाध्यकारी बनाइने गरी नियम लागू भएको हुँदा पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटलहरुलाई सान्दर्भिक नदेखिएकोले यो परिस्थितिमा यस प्रकारको नियम लागू नहुनका लागि पहल कदमीका लागि अनुरोध गर्दछौं ।
  • पर्यटन उद्योगलाई सहज र सरल बनाई प्राथमिकताको उद्योग बनाउन दर्ता कर, शूल्क, नविकरण आदिको लागि झन्झटिलो प्रक्रिया रहेको हुँदा यसलाई पर्यटनको तालुकदार निकाय पर्यटन विभागमार्फत गरिन सके दिगो पर्यटनलाई टेवा मिल्ने ।
  • पर्यटन तथा होटल उद्योगका लागि बेला बेलामा संशोधन हुने नियम, कानुन तथा निर्देशिकाहरु सरोकारवाला निकायहरुसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याइँदा फलदायी हुने ।
  • पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचनाहरु पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भई कार्यान्वयनमा सहज हुने ।
  • आधिकारिक सूचनाहरु पर्यटन विभागको वेबसाइटमा राखिनु पर्ने । तथ्यांकहरु आदान प्रदानमा सहज हुने ।