शनिबार, आश्विन १७ गते २०८३

सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने मुक्तिनाथ विकास बैंकको निर्णय


भाद्र २२, २०८३ सोमबार
सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने मुक्तिनाथ विकास बैंकको निर्णय

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएको छ। मुक्तिनाथको भदौ १९ गते बसेको ३८५औँ सञ्चालक समिति बैठकले सिन्धु विकास बैंक प्राप्ति गर्ने विशेष निर्णय गरेको हो।

सोही दिन दुवै संस्थाबीच प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीसँगै प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ।

सिन्धु विकास बैंक प्राप्तिपछि मुक्तिनाथको ग्राहक आधार, शाखा सञ्जाल, कारोबारको आकार र बजार पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। यसबाट बैंकको व्यवसाय विस्तार तथा प्रतिस्पर्धात्मक क्षमता थप बलियो बन्ने सम्भावना छ।

प्राप्ति प्रक्रिया पूरा गर्न नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिनुपर्नेछ। नियामकीय स्वीकृति तथा अन्य कानुनी प्रक्रिया पूरा भएपछि मात्र प्राप्तिको अन्तिम प्रक्रिया अघि बढ्नेछ।