शुक्रबार, कार्तिक ७ गते २०८३

मेगाड्रिम बहुउद्देश्यीयको ११औं साधारणसभाबाट अध्यक्षमा महाशंकर रेग्मी

मंसिर २६, २०७८ आइतबार
मेगाड्रिम बहुउद्देश्यीयको ११औं साधारणसभाबाट अध्यक्षमा महाशंकर रेग्मी

 

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले ११औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेको सभापतित्वमा सभा सम्पन्न भएको हो । सभामा बागमती प्रदेश सरकारका सहकारी रजिस्ट्रार नारायण ज्ञवाली, जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायतले अतिथिको रुपमा शुभकामना दिएका थिए ।

सभाले संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८।७९ को  नीति, अनुमानित बजेट तथा कार्ययोजना र लेखा समितिका संयोजक राजकुमार श्रेष्ठद्वारा प्रस्तुत लेखा प्रतिवेदन सर्वसम्वत रुपले पारित गरेको छ ।

आर्थिक वर्ष २०७७।७८ असार मसान्तसम्ममा संस्थाको सेयर पुँजी १३ करोड ८० लाख ३९ हजार पुगेको, १ अर्ब २१ करोड ८२ लाख रुपैयाँ र कर्जा लगानी १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ पुगेको छ । संस्थाको जगेडा कोष र अन्य कोषहरुमा ४ करोड ७३ लाख, कर्जा जोखिम कोषमा ६ करोड ९० लाख रुपैयाँ रहेको छ । । संस्थाले आर्थिक वर्ष २०७७।७८ मा १ अर्ब ७३ करोड १७ लाख रुपैयाँ कुल कारोबार गरेको साधारण सभामा जानकारी दियो । 

संस्थाले आगामी आर्थिक वर्षमा शेयर पुँजी १६ करोड २१ लाख, बचत संकलन १ अर्ब ४४ करोड, कर्जा लगानी १ अर्ब ६३ करोड, शेयर सदस्य १० हजार ८ सय ५० पुर्‍याउने लक्ष्य लिएको छ । त्यसैगरी मोबाईल बैकिङ प्रयोगकर्ता ४ हजार ६ सय ५०, एटिएम प्रयोगकर्ता १ हजार पुर्‍याउने लक्ष्य संस्थाको रहेको छ । 

अध्यक्षमा महाशंकर रेग्मी चयन

सभाले चार वर्षे कार्यकालका लागि महाशंकर रेग्मीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति निर्विरोध चयन गरेको छ । 

चार वर्षको लागि निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा बासुदेव भट्ट, सचिवमा इन्द्रप्रसाद गेलाल र कोषाध्यक्षमा रविनकुमार कार्की रहेका छन् । त्यसैगरी सदस्यहरुमा शेखर बस्नेत, राजकुमार श्रेष्ठ र सरदकुमार अधिकारी रहेका छन् । 

संस्थाको लेखा समितिको संयोजकमा उमाकान्त न्यौपाने चयन भएका छन् भने सदस्यहरुमा प्रकाश घिमिरे र शुभद्रा चौलागाई रहेका छन् । 

megadream team.jpg