शनिबार, आश्विन १७ गते २०८३

धनुषाका किसान नेता रामप्रसाद दासको ७८ बर्षमा निधन


भाद्र १८, २०८३ बिहीबार
धनुषाका किसान नेता रामप्रसाद दासको ७८ बर्षमा निधन

जनकपुर । अखिल नेपाल प्रगतिशील किसान संघ धनुषा लवटाेलीका नेता रामप्रसाद दासको हिजो २०८३ भाद्र १७ गते ७८ बर्षको उमेरमा बिहान ४ बजे आफ्नै गाउँ लवटाेलीमा निधन भयो । उहाँकी पत्नी तीन छोरा राजु दास, रबिन्द्रकुमार दास र बिरेन्द्र कुमार दासकी आमा — ईश्वरी देबी दासको पहिला नै देहाबसान भइसकेको बताइएको छ । रामप्रसाद दास आफ्ना तीन छोरा बुहारीकासाथ गणेशमान चारनाथ नगरपालिका ८ लवटोली निबासी हुनुहुन्थ्यो ।

उहाँको निधनमा नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष रामदुलार महतोले एक शोक बक्तब्य जारी गर्दै रामप्रसाद दासप्रति श्रद्धाञ्जली दिनु भएको छ भने शोक सन्तप्त परिबार सदस्य र आफन्तहरुमा गहिरो समबेदना प्रकट गर्नु भएको छ । दासको निधनले किसान अन्दोलनमा क्षति पुगेको र त्यसलाई पूर्ति गर्न संगठन बिस्तार गर्दै किसान आन्दोलन अघि बढाउन सकेमात्र रामप्रसाद दासप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने कुरा अध्यक्ष महतोले उल्लेख गर्नु भएको छ ।