सनराइज बैंकले अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ । बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ भन्ने अभियानलाई आत्मसाथ गर्दै ग्राहकहरुको सुविधाको लागि नवीनतम् सुविधायुक्त अनलाइन प्लाटफर्म सार्वजनिक गरेको जनाएको हो ।
यस प्लाटफर्ममार्फत ग्राहकले बंैकिङ्ग सम्बन्धी बिभिन्न सेवाहरु बैंकमा नगई अनलाइन मार्फत नै लिन सक्नेछन् । विभिन्न बंैकिङ्ग सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो जस मार्फत ग्राहक वर्गहरुले डेबिट कार्डको अनलाइन खाता खोल्न, पिन रिइस्यु, पिन नं बदल्न, इकमर्श अपडेट, क्रेडिटकार्ड विवरण, इएमआई रिक्वेस्ट, पेमेन्ट अप्सन चेञ्ज, मोबाइल बैंकिङ ब्लक÷अनब्लक लगायत अन्य धेरै सेवाको आवेदन अनलाइन मार्फतनै गर्न सक्नेछन् । बैंकको पोर्टल जततउकस्ररअबचभ।कगलचष्कभदबलप।अयm।लउ मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिनेछ ।
बैंकले १,५०० भन्दा बढि पोइन्ट अफ सेल मर्चेन्ट नेटवर्क, १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।