शुक्रबार, कार्तिक ७ गते २०८३

सर्लाहीको चमेली साकोसले पीडितको उद्धार र पुनःस्थापनाका लागि १ लाख ५ हजार दिने


भाद्र १७, २०८३ बुधबार
सर्लाहीको चमेली साकोसले पीडितको उद्धार र पुनःस्थापनाका लागि १ लाख ५ हजार दिने

 

सर्लाही । ईश्वरपुर नगरपालिका–६ स्थित चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढी तथा पहिरोबाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि कर्मचारीको एक दिनको पारिश्रमिक सहयोग गर्ने भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत शाहका अनुसार विपदबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकाले प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले कर्मचारीको एक दिनको पारिश्रमिक तथा संस्थाको सामाजिक उत्तरदायित्व कोषसमेतबाट १ लाख ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने शाहले बताए । विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएकाले संस्थाले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

शाहले विपद्को कठिन अवस्थामा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै सदस्य, सहकारीकर्मी, संघ–संस्था, कर्मचारी तथा आम नागरिकलाई आफ्नो स्थानबाट सहयोग र सहकार्य गर्न आग्रह गरेका छन् ।

‘सहयोग होइन, हाम्रो दायित्व हो’ भन्ने भावनाका साथ विपद्पीडितलाई साथ दिन संस्थाले सबैमा अपिल गरेको छ ।