शनिबार, कार्तिक ८ गते २०८३

बाढीपीडितका लागि हेटौंडा बचतको १ लाख ११ हजार सहयोग


भाद्र १७, २०८३ बुधबार
बाढीपीडितका लागि हेटौंडा बचतको १ लाख ११ हजार सहयोग


मकवानपुर। हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। 

संस्थाले विपदमा परेका दिदीबहिनी तथा दाजुभाइको उद्धार, राहत र पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले संकटको समयमा सहकारी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

“सहकारीको मर्म, संकटमा सहकार्य नै हाम्रो धर्म” भन्ने भावनासहित सहयोग गरिएको संस्थाले जनाएको छ। हेटौंडा–७, मकवानपुरमा मुख्य कार्यालय रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक तथा मानवीय सेवाका कार्यमा सहकार्य गर्दै आएको जनाएको छ।