शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकले रसुवा बाढीपीडितलाई ३ करोड १ लाख सहयोग गर्ने


भाद्र १५, २०८३ सोमबार
हिमालयन बैंकले रसुवा बाढीपीडितलाई ३ करोड १ लाख सहयोग गर्ने

काठमाण्डाै । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको गेग्रानसहितको बाढीबाट प्रभावितको उद्धार, सहायता तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रदान गर्ने जनाएको छ। बैंकले विपदबाट  प्रभावित समुदायको साथमा रहँदै आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको जनाएको छ।

अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले बैंक तथा बैंक परिवारहरुलाई मर्माहत बनाएको जनाउँदै दुःखद घडीमा प्रभावित सबैमा धैर्य धारण गरी आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न अपील गरेको छ ।