काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रु.२० अर्ब तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ३ महिने अर्थात् ८६ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत उक्त रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार भदौ १५ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ। यसको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज मंसिर ९ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। न्यूनतम रु.१० करोड र त्यसपछि रु.१० करोडले भाग जाने रकममा बोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
नेपालपत्र संवाददाता