शुक्रबार, कार्तिक ७ गते २०८३

भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा जुट्न राष्ट्रिय सहकारी महासंघको अपिल


भाद्र ११, २०८३ बिहीबार
भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा जुट्न राष्ट्रिय सहकारी महासंघको अपिल

 

ललितपुर। राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, स्थानीय तह तथा सहकारी संघसंस्थालाई एकजुट भएर सहयोग गर्न अपिल गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलद्वारा जारी अपिलमा बाढीका कारण भएको मानवीय क्षति, धनजनको नोक्सानी तथा जनजीवनमा परेको असरप्रति गहिरो दुःख व्यक्त गरिएको छ।

महासंघले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, स्थानीय तह तथा सम्पूर्ण सहकारी संघसंस्थालाई एकजुट भई सहयोग गर्न आग्रह गरेको हो। प्राकृतिक विपद्को समयमा सहकारी अभियानले मानवीय दायित्व निर्वाह गर्दै प्रभावित समुदायको साथमा उभिनुपर्नेमा महासंघले जोड दिएको छ। यसैगरी, बाढीमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति महासंघले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत महासंघले गरेको छ।