नबिल बैंकले ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउने योजनाकासाथ ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ।
नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले गरेका हुन्। सिइओ शाहले पोर्टल सार्वजनिक कार्यक्रममा बोल्दै मानिसको दैनिकी प्रविधिसँग जोडिएको बताए। उनले अब हरेक काम प्रविधिमैंत्री बन्दै गएकाले नबिल बैंकले पनि बैंकिङ कारोबार मात्रै नभएर सबै सेवा अनलाइनमार्फत दिनको लागि डिजिबैंक पोर्टलको सुरुवात गरेको बताए। उनले नविल बैंकले कम्प्युटराइज बैंकबाट सुरु गरेको यात्रा अब साच्चिकै डिजिटल बैंकको विकास गर्ने गरी नविल डिजिबैंक पोर्टल सुरुवात भएको बताए।
नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिटक्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेलएसएमई लोन आवेदनलगायतका सेवा उपलब्ध हुनुका साथै ब्यालेन्स टपअप पनि गर्न सकिन्छ।