नाडा अटोमोबाइल्स एशोसिएसनको वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि हरेक पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्न सकिने बताएका छन्। विद्युतीय गाडीका लागि देखिएको चार्जिङ स्टेशनको समस्या समाधान गरिने उनले बताए। भएकै स्रोतसाधनको प्रयोगबाट मुलुकको समृद्धि सम्भव रहेको उनले बताए।
विद्युत र श्रम शक्ति हाम्रो मूख्य तागत हो। त्यही तागतबाट मुलुकको मुहार फेर्न सकिन्छ, उनले भने ‘ परम्परागत रुपमा रहेका नीति परिवर्तन हुन्छ ।’ उनले केही क्षेत्रमा सहुलियत दिन सकेमा अन्तर्राष्ट्रिय उत्पादनसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने बताए।