बुधबार, भाद्र ३ गते २०८३

बहुराष्ट्रिय कम्पनीका २० ठूला करदातासँग अर्थमन्त्रीको छलफल


श्रावण २५, २०८३ सोमबार
बहुराष्ट्रिय कम्पनीका २० ठूला करदातासँग अर्थमन्त्रीको छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँगको छलफल थालेका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् ।

छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा उपस्थित छन् ।  छलफलमा अर्थमन्त्री डा. वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्ने छन् । 

यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन् ।