बुधबार, भाद्र ३ गते २०८३

सिद्धार्थ साकोसले मनायो १८औं स्थापना दिवस, १८ प्रतिवद्धता सार्वजनिक


श्रावण २५, २०८३ सोमबार
सिद्धार्थ साकोसले मनायो १८औं स्थापना दिवस, १८ प्रतिवद्धता सार्वजनिक

भक्तपुर । भक्तपुरको शंखधर चोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका थिए ।

त्यसैगरी कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरि कृष्ण बल्लको विशेष आतिथ्यता रहेको थियो ।  प्रमुख अतिथि ढकालले सिद्धार्थ साकोसले सदस्यको आर्थिक सामाजिक तथा रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । सहकारी क्षेत्रको पछिल्लो अवस्थाको बारेमा जानकारी दिँदै उनले सहकारिता नभएका केही व्यक्तिका कारण यो क्षेत्रमा समस्या आएको उल्लेख गरे ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष इन्द्र कृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष हिरामान शंखदेवले संस्थाको आर्थिक   गतिविधिका वारेमा जानकारी दिएका थिए । सो अवसरमा संस्थाले आर्थिक बर्ष २०८२८३ मा उत्कृष्ट बचतकर्ता,उत्कृट ऋणी, उत्कृष्ट कारोबारी र जेष्ठ नागरिक गरी सबै विधामा एक एक जनालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।  

‘१८औँ स्थापना दिवसमा   १८ वटा प्रतिबद्धता’ अन्तर्गत  सदस्यहरुको हितलाई प्राथमिकतामा राख्दै सेवा प्रवाह गर्ने, सहकारी मूल्य मान्यता तथा सिद्धान्तलाई आत्मसाथ गर्ने,वित्तीय साक्षरता तथा सदस्य शिक्षा प्रदान गर्ने , सुशासन र पारदर्शिता कायम गर्ने, समुदायप्रति सक्रिय समाजिक उत्तरदायित्व कायम गर्ने,आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुद्ध, पारदर्शी र प्रभावकारी बनाउने र  सदस्य सेवामा डिजिटल स्पान्तरण गर्ने रहेको छ ।

त्यसैगरी सदस्यहरुलाई उत्कृष्ट वित्तीय सेवाहरू प्रदान गर्ने, दिगो विकासका लक्ष्यमा योगदान गर्ने,  आर्थिक तथा सामाजिक समृद्धिको साझेदार बन्ने, युवा तथा महिलालाई उद्यमशीलता र सशक्तिकरण अभियान संचालन गर्ने, आर्थिक सक्षमता अभिवृ‌द्धि गर्ने, सदस्यहरूको व्यावसायिककरणमा जोड दिने, उत्पादनशील, आयमूलक, सिपमूलक क्षेत्रमा लगानी व्यवस्थापनको प्रवर्द्धन गर्ने,नियामकीय निकायबाट जारी निर्देशनलाई अक्षरस पालना गर्ने,संस्थाको व्यावसायिक रणनीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने ,मानव संसोधन विकासका लागि निरन्तर लगानी गर्ने तथा  साना तथा मझौला व्यवसाय प्रवर्दन गरी सुरक्षित लगानी विस्तार गर्ने जस्ता  प्रतिवद्धता  संस्थाले अघि सारेको छ । 

संस्थाले स्वास्थ्य सचेतना कक्षा तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम  समेत आयोजना गरेको थियो । स्वास्थ्य परीक्षण  नाक, कान, घाँटी,दाँत  परीक्षण ३१,कलेजो  परीक्षण   हाडजोर्नी तथा नशा रोगसम्बन्धी परीक्षण  ८७ जना  सदस्यले लाभ लिएका थिए । 

768667764_4211724975627338_3938199082031102496_n.jpg