दुग्ध विकास संस्थान (डीडीसी) ले उपभोक्तालाई दूध तथा दुग्धजन्य पदार्थ सहजै उपलब्ध गराउने उद्देश्यले काठमाडौंको वनस्थलीमा आफ्नो आठौं बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
केन्द्रको उद्घाटन गर्दै संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले उत्पादनलाई उपभोक्तासम्म पुर्याउन केन्द्र विस्तार गर्दै लगेको बताए । यसबाट किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित हुनुका साथै स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन मद्दत पुग्ने उनको भनाइ छ ।
बजारको आवश्यकता र उपभोक्ताको माग हेरेर आगामी दिनमा अन्य ठाउँमा पनि यस्ता केन्द्र खोल्ने योजना रहेको उनले जानकारी दिए । यससँगै संस्थानका आधिकारिक बिक्री केन्द्रको संख्या ८ पुगेको छ ।
नेपालपत्र संवाददाता