काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीलाई लक्षित गर्दै काठमाडौंको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा शिशु स्याहार कक्ष तथा डे–केयर सेवा सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा स्थापना गरिएको हो। सेवाको उद्घाटन महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले एक कार्यक्रमबीच गर्नुभएको थियो।
बैंकले समावेशिता, लैङ्गिक समानता र कर्मचारीमैत्री कार्यसंस्कृतिलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन र कर्मचारी कल्याणलाई प्रवर्द्धन गर्ने दीर्घकालीन प्रतिबद्धताअनुरूप यो पहल गरिएको बैंकको भनाइ छ। साथै, अन्य कार्यस्थललाई पनि मातृत्वमैत्री वातावरण निर्माणतर्फ अग्रसर हुन बैंकले आग्रह गरेको छ।
नेपालपत्र संवाददाता