शुक्रबार, कार्तिक ७ गते २०८३

नबिल बैंकले पायाे युरोमनीका तीन अन्तर्राष्ट्रिय अवार्ड


श्रावण १९, २०८३ मंगलबार
नबिल बैंकले पायाे युरोमनीका तीन अन्तर्राष्ट्रिय अवार्ड

 

काठमाडौं । नबिल बैंक लिमिटेडले युरोमनी उत्कृष्टता अवार्ड २०२६ अन्तर्गत एकैपटक तीन अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। बैंकले ‘नेपालकै उत्कृष्ट बैंक’, ‘ईएसजी क्षेत्रमा उत्कृष्ट बैंक’ र ‘एसएमईका लागि उत्कृष्ट बैंक’ उपाधि जितेको हो।

‘नेपालकै उत्कृष्ट बैंक’ सम्मान बैंकको वित्तीय क्षमता, ग्राहककेन्द्रित सेवा, डिजिटल रूपान्तरण तथा सञ्चालन उत्कृष्टताका लागि प्रदान गरिएको बैंकले जनाएको छ। त्यस्तै, ईएसजीतर्फ वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व, सुशासन, हरित लगानी तथा वित्तीय पहुँच विस्तारमा गरेको योगदानलाई मूल्यांकन गरिएको छ। एसएमईतर्फ भने साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच, कर्जा, परामर्श तथा उद्यमशीलता प्रवर्द्धनमा पुर्‍याएको योगदानलाई सम्मान गरिएको बैंकले जनाएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अवार्डलाई ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारको विश्वासको प्रतिफलका रूपमा लिँदै नवप्रवर्तन, दिगोपना, समावेशी आर्थिक विकास र जिम्मेवार बैंकिङलाई निरन्तरता दिने बताए। युरोमनी उत्कृष्टता अवार्डका लागि वित्तीय अवस्था, व्यवस्थापन, सेवा गुणस्तर, नवप्रवर्तन, बजार नेतृत्व, ग्राहक सन्तुष्टि तथा दिगोपनालगायतका सूचकका आधारमा मूल्यांकन गरिन्छ।

चार दशकभन्दा बढी समयदेखि बैंकिङ सेवा दिँदै आएको नबिल बैंकका देशभर २६४ शाखा, ३१५ एटीएम र २६ लाखभन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ।