उद्योग विभागले ‘वैदेशिक लगानी प्रवृत्ति र लगानीकर्ता निर्देशिका २०२६’ जारी गरेको छ। निर्देशिकाले उद्योग व्यवस्थापन सूचना प्रणालीमार्फत लगानी स्वीकृतिको सम्पूर्ण प्रक्रियालाई अनलाइन बनाएको जनाएको छ ।
यसअनुसार लगानीकर्ताले पोर्टलमा दर्ता वा लगइन गर्ने, नयाँ आवेदन सिर्जना गर्ने, आवश्यक विवरणसहित फारम भर्ने, परियोजना प्रस्ताव, संयुक्त लगानी सम्झौता, राहदानी वा परिचयपत्र तथा बैंकको वित्तीय साख प्रमाणपत्र अपलोड गर्ने र अन्तिम स्वीकृति प्राप्त गर्ने गरी पाँच चरण पूरा गरेपछि लगानी स्वीकृति लिन सकिने छ ।
निर्देशिकाअनुसार ऊर्जा, कृषि तथा वन, सूचना तथा सञ्चार प्रविधि, पूर्वाधार, उत्पादनमूलक उद्योग, सेवा तथा पर्यटन गरी सात प्राथमिकताप्राप्त क्षेत्रमा ‘स्वचालित मार्ग’ लागू गरिएको छ। यी क्षेत्रमा तोकिएका मापदण्ड पूरा गरी आवेदन दिँदा प्रणालीबाट तत्काल लगानी स्वीकृति प्रमाणपत्र जारी हुने व्यवस्था गरिएको विभागले जनाएको छ।
नेपालपत्र संवाददाता