नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जसहित पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।
परिसंघले कुनै पनि समस्या वार्ता र संवादबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा वा मुठभेडको बाटो नअपनाउन आग्रह गरेको छ। जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार बन्द र लुटपाटका घटनाप्रति दुःख व्यक्त गर्दै उद्योग–व्यवसाय र नागरिकको सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेको छ।
अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै यस्ता घटनाले लगानी, रोजगारी र आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने परिसंघको भनाइ छ। साथै, सामाजिक सद्भाव कायम राख्न प्रदेश तथा जिल्ला संघहरू र अन्य संघसंस्थासँग सहकार्य गरी सद्भाव र्यालीलगायत शान्ति प्रवर्द्धनका गतिविधि सञ्चालन गर्न पनि परिसंघले आह्वान गरेको छ।
नेपालपत्र संवाददाता