बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको छ। आज आयोजित कार्यक्रममा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका छन् ।
काठमाडौं उपत्यकाको मुख्य प्रवेश नाका नागढुंगाको दशकौं पुरानो ट्राफिक जाम हटाउने लक्ष्यसहित निर्माण गरिएको सुरुङमार्ग सर्वसाधारणका लागि भने तत्काल पूर्ण रूपमा खुला गरिने छैन। सडक विभागका अनुसार केही दिन सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन र आकस्मिक उद्धार क्षमताको परीक्षण गरिनेछ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने विभागले जनाएको छ।
विभागका महानिर्देशक डा.विजय जैसीका अनुसार उद्घाटनपछि पहिलो चरणमा आगलागी, दुर्घटना तथा अन्य विपद्को पूर्वतयारीका लागि ुमक ड्रिलु गरिनेछ। त्यसपछि करिब एक सातासम्म सीमित रूपमा सवारी सञ्चालन गरी जेट फ्यान, भेन्टिलेसन, वायु उत्सर्जन तथा अन्य सुरक्षा प्रणालीको परीक्षण हुनेछ। सबै परीक्षण सफल भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने तयारी छ ।
नेपालपत्र संवाददाता