बुधबार, भाद्र ३ गते २०८३

संयुक्त र एकताबद्ध संघर्ष अन्तर–पार्टी छलफलको सार्थक निष्कर्श

श्रावण ११, २०८३ सोमबार
संयुक्त र एकताबद्ध संघर्ष अन्तर–पार्टी छलफलको सार्थक निष्कर्श

भक्तपुर ठिमी । कमरेड पुष्पलालको ४८ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले साउन ९ गते बाम तथा कम्युनिष्ट समूहहरुका बीचमा एक महत्वपूर्ण अन्तर पार्टी छलफलको आयोजना ग¥यो । बर्तमान बढ्दो राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक संकट बिशेषगरी देशको राष्ट्रिय स्वाधीनतमाथि एक पछि अर्को बाह्य हस्तक्षेपका गतिबिधिले राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अस्तित्व नै गम्भीर खतरातर्फ धकेलिदै गएको कुरालाई मध्यनजर राखेर चलाइएको यो अन्तर–दलीय  छलफलमा सहभागी भएका सबै दलका बक्ताहरुले संयुक्त र एकताबद्ध संघर्षको कुनै बिकल्प छैन भन्ने निष्कर्श निकालेका छन् ।  

कार्यक्रममा बिभिन्न नेपाली जन आन्दोलनमा उच्च बलिदान दिएका ज्ञात अज्ञात महान शहीहरुको सम्मानमा एक मिनेट मौन धारण गर्दै र कमरेड पुष्पलालको तस्वीरमा पुष्पार्पण तथा क्रान्तिारी अभिबादन गर्दै शुरु गरिएको यो छलफल कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टीको संयोजक लोकनारायण सुबेदीले गरेका थिए । त्यस क्रममा उहाले आफ्नो बिचार राख्दै नेपालको कम्युनिष्ट अन्दोलनमा यस आन्दोलनका सुत्रधार र प्रबर्तक कमरेड पु्ष्पलालमाथि आन्दोलनको शुरुवातदेखि मरणोप्रान्तसम्म के कसरी अनर्गल फत्तुर लगााइयो र हमला गरियो भन्ने कुरा राख्नुका साथै कमरेड पुष्पलाल भने आफ्नो प्रष्ट दृष्टिकोण र बिचारकासाथ अनुशासनबद्ध तरीकाले पार्टी भित्री संघर्ष चलाउदै नेपाली कम्युनिष्ट आन्दोलनको धेय – सामन्तबा र साम्राज्यबाद नेपालको सन्दर्भमा घरेलु सामन्तबाद र त्यसलाई आड भरोसा दिने भारतीय एकाधिकार पूँजीवाद तथा एंग्लो–अमेरिकी साम्राज्यबाद बिरुद्ध निरन्तर आन्दोलन केन्द्रित गर्दै जीवनपर्यन्त लड्नु भयो र त्यसैका निम्ति बामपन्थी एकता, सयुक्त मोर्चा र संयुक्त आन्दोलनको खोजी गर्नु भयो । यो उहाँको बिचारले २०३६ सालको राष्ट्रब्यापी बिद्यार्थी आन्दोलन, २०४६ सालको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरोधी संयुक्त आन्दोलन र २०६२÷६३ सालको राजतन्त्र बिरोध बृहत संयुक्त आन्दोललाई बैचारिक दिशा र नेतृत्व प्रदान ग¥यो ।

आज पनि त्यस यथार्थलाई आत्मसात गरेर हामीले राष्ट्र र जनताले भोगी राखेका गम्भीर साझा सवालमा एकजुट भएर लड्नुको कुनै बिकल्प छैन । त्यसका लागि पार्टीगत एकता, संयुक्त मोर्चा,कार्यगत एकता, सहकार्य जे सम्भवछ त्यसैका आधारमा एकीकृतरुपमा अघि बढ्नु पर्ने आज पनि नेपाल कम्युनिष्ट पार्टीको प्रष्ट दृष्टिकोण छ । त्यसैले यो अन्तर दलीय छलफल बोलाइएको हो भन्ने प्रष्ट पारे । तर आज पनि संकीर्ण स्वार्थका  मोर्चा माथि मोर्चा बन्ने, निरन्तर एकता र बिखण्डन दोहोरिने  गतिबिधिले कम्य्ुनिष्ट आन्दोलनप्रति जनताको बिश्वास र भरोसा कमजोर भएर गएकोले निर्मम समीक्षा गरेर बिश्वासिले किसिमले जनताका बिचमा जान सकेमा मात्र यो आन्दोलनले सही दिशा र गति पाउने र सार्थक सफलता हात लाग्ने छ  भन्ने कुरा औल्याए ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समितिका सदस्य दिनेश शर्माले कमरेड पुष्पलालमाथि कम्युनिष्ट आन्दोलनको शुरुवातदेखि नै हमला हुँदै आयो र उहाँले त्यसको सही ढंगले अन्तरपार्टी संघर्षमार्फत सामना गर्दै आउनु भएको उल्लेख गर्दै पार्टी भित्र पसेको सामन्तबाद, साम्राज्यबाद र संशोधनबादले कम्युनिष्ट आन्दोलनमा अहिलेसम्म पनि आन्तरिक र बाह्य बिबिध किसिमका बिकृति,बिसंगति र बिसर्जन ल्याउने काम गरिरहेको छ । यसको बिरुद्ध बैचारिक, सैद्धान्तिक र राजनीतिक सबै किसिमले संघर्ष गर्दै र  लड्दै संयुक्त आन्दोलन बिकसित गर्नमा रहेका बाधा अबरोधहरुलाई हटाउदै अघि बढ्नु पर्दछ र  पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताकै बाटोबाट आन्दोलनलाई उच्चाई तर्फ लैजाने  प्रयत्नलाई जारी राख्नु पर्दछ भन्ने प्रष्ट पारे ।

नेकपा(माक्र्सबादी–पुष्पलाल)का अध्यक्ष मानध्वज गुरुङ्गले कार्यक्रममा बोल्दै सामन्तबाद साम्राज्यबाद बिरोधी जनबादी आन्दोलनको मूख्य शक्ति किसानका समस्यालाई लिएर आन्दोलन चलाउँदै कृषि क्रान्ति सम्पन्न गर्ने कमरेड पुष्पलालको मूल कुरामा यो आन्दोलनको ध्यान जानुपर्ने बताए । उनले आज पनि नेपाली जनताको मूख्य दुश्मन सामन्तबाद नै हो भन्ने पुनः दाबी गरे । कार्यक्रममा बोल्दै नेकपाका सचिवालय सदस्य कृष्णहरि भट्टले पुष्पलालले अघि सारेको सही बाटोबाट बिचलित हुँदा नै नेपालको कम्युनिष्ट आन्दोलनमा बिकृति र बिसंगति आएको उल्लेख गर्दै गल्तीहरुलाई सच्याउदै  एकताबद्ध आन्दोलनको दिशामा अघि बढ्नुको कुनै बिकल्प छैन भन्ने कुरामा सहमति जनाए ।

 प्रतिरोध आन्दोलनको तर्फबाट बोल्दै नेता संगीत श्रोताले बद्लिएको परिस्थिति अनुरुप माक्र्सबाद र क. पुष्पलाललाई पनि बुझ्दै एकीकृत आन्दोलन निर्माणको दिशामा अघि बढ्नु आजको आवश्यकता हो भन्ने कुरा दर्शाउँदा सबैलाई छासमिस पारेर मूल्यांंकन गरिनु सही हुँदैन भने । 
नेपाल कम्युनिपष्ट पार्टीका नेता, सचिवालय सदस्य नारायणप्रसाद शर्माले एकताबद्ध आन्दोलनका लागि लामो समयदेखि निरन्तर प्रयत्न गरिररहेको, पद पोष्टलाई ठूलो नमानेर त्याग गरिरहेको बताउदै सबै किसिमका संकीर्णता, पदलोलाुपता र टुटफुट सबै सामन्तबादकै प्रतिबिम्ब हुन् भन्ने कुरा दर्शाउदै समयले संयुक्त, शसक्त र निर्णायक परिबर्तनको दिशामा अग्रसर हुन माग गरिरहेको बेला सानातिना कुरामा अल्झिएर कम्युनिष्ट क्रान्तिकारीहरु बस्नु हुँदैन भन्ने भावना पोखे । नेपालक कम्युनिष्ट पार्टीका नेता, एकता बार्ता समितिका संयोजक शरण बिक्रम मल्लले बिचार मिल्नेहरु एकताबद्ध हुने, मोर्चाबद्ध हुने, कार्यगत एकता गरेर भए पनि संयुक्त आन्दोलनलाई दृढताकासाथ अघि बढाउने कुरा छँदैछ, हामीले सामन्तबाद बिरोधी साम्राज्यबाद बिरोधी आन्दोलानलाई सफल पार्न  फराकिलो दृष्टिकोण राखेर बिभिन्न खेमामा भ्रममा परेर रहेका, अल्मलिएका क्रान्तिकारीहरुलाई पनि कमरेड पुष्पलालले मार्ग दर्शन गरेको सही दिशामा ल्याउन प्रयत्नशील रहनु पर्दछ  समेट्नु पर्दछ भन्ने कुरामा बिशेष जोड दिए ।
कार्यक्रममा नेकपा(जनपक्ष)का प्रबक्ता दिनेश बर्तौंलाले तेश्रो बिश्व युद्ध निम्त्याउन बिश्वका साम्रज्यबादी शक्तिहरु लागि राखेको र शस्त्रास्त्रको होड चलिरहेको सन्दर्भ र  नेपाल पनि त्यसको चपेटामा पर्न थालेकोले संयुक्त भएर लड्नु बाहेक अरु कुनै बिकल्प नभएको औंल्याए ।

पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईले बिगतका सफल आन्दोलन र त्यसपछि गलत काम गर्दा बिकसित भएका बिकृति दुबैलाई केलाएर सही कुरालाई अघि बढाउन कमरेड पुष्पलालले दिएको दिग्दर्शन  आज पनि  उत्तिकै आवश्यक र महत्वपूर्ण रहेको उल्लेख गर्दै संसदबादी कम्युनिष्टहरुको एउटा खेमा र क्रान्तिकारी कम्युनिष्टहरुको अर्को दुइ खेमाबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै कम्युनिष्ट आन्दोलन अघि बढाउनु उपयुक्त हुने बताए । देशभक्त जन सरोसकार नेपालका संयोजक रामकुमार लामाले  कमरेड पुष्पलालले दिएका योगदान र उहाँले चलाएको सैद्धान्तिक राजनीतिक संंघर्षबाट शिक्षा लिएर अघि बढ्न सकेमा मात्र यस्तो छलफलको सार्थकता हुने र जनतामा कम्युनिष्ट आन्दोलनप्रति पुनः बिश्वास बढ्ने र सफल हुने कुरा बताए । नेपाल कम्युनिष्ट पार्टीको बुद्धिजीवी संगठन अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघका अध्यक्ष महादीप पोखरेलले सामाज्यबादले नयाँ र पुरानो  पुस्ताको नाममा घर घरमै जनतालाई बिभाजन गर्ने, समुदाय समुदायलाई बिभाजनगर्ने, महिला पुरुसलाई बिभाजन गर्ने हर क्षेत्रमा जनताई बिभाजन गरेर लडाउने र आफ्नो स्वार्थ सिद्ध गर्ने जुन मिहीन बिषालु षडयन्त्र गरिरहेको छ त्यसका बिरुद्ध जनचेतना खाशगरी यूवा चेतना निर्माण गरेर अघि बढ्न नसक्ने हो भने कम्युनिष्ट आन्दोलन सही दिशामा अघि बढ्न सक्तैन र कमरेड पुष्पलालको मार्ग दर्शनको परिपालना पनि हुँदैन भन्ने प्रष्ट कुरा राखे नेपाली जनता दलका संयोजक पूर्ब राजदूत नबराज सुबेदीले कम्युनिष्ट आन्दोलनमा आएको बिकृति र बिसंगतिले यसप्रति ठूलो अबिश्वास पैदा भएको बताउदै जनताका लागि त्याग र समर्पणले सुसज्जित कम्युनिष्ट आन्दोलन आज ठगहरुको आन्दोलनमा परिणत भएको देखेर दुःख लागेको आक्रोश पोख्दै उहाल यसलाई चिर्न  सके मात्र यो आन्दोलन नयाँ किसिमले अघि बढ्न सक्छ भन्दै कमरेड पुष्पलालप्रति श्रद्धासुमन ब्यक्त गरे ।

समाजबादी कम्युनिष्ट पार्टी नेपालका नेता माधव गौतमले पनि क. पुष्पलालले प्रतिपादन गरेको संयुक्त आन्दोलनको नीति  आज पनि उत्तिकै सान्दर्भिक र अनिवार्य आवश्यकता हो भन्ने कुरा राख्दै गल्तीहरुलाई सच्याउदै एकजुट भएर अघि बढ्नु पर्ने कुरामा जोड दिए ।  नेकपा(२००६)का अध्यक्ष टंकनाथ पौडेलले बिगतका गल्ती कमजोरीहरुलाई सच्याउँदै जन आन्दोलनमा एकताबद्ध भएर अघि बढ्नु नै कमरेड पुष्पलालप्रति सही श्रद्धाञ्जली हुने बिचार ब्यक्त गरे । नेकपा(२००६) कै सह–अध्यक्ष राम कुमार आहतले कम्युनिष्ट आन्दोलनमा आएको बिकृति र फूटले यो आन्दोलन कमजोर भएको बताउँदै पुष्पलाल कमरेडले देखाएको मूलबाटोमा हिड्न्ु नै त्यसको सही उपचार हो भने । पुराना कम्युनिष्ट नेता अच्यूतराज ज्ञावालीले कम्युनिष्ट आन्दोलनमा लागेको ६० बर्षभन्दा बढी भयो । अहिले ८३ बर्षको पुग्दा पार्टी बिहीन हुन पुगे भन्ने बह पोख्दै क.पुष्पलालको नीतिमा सबै मिलेर अघि बढ्न सकुन् त्यसले देश र जनताको हित गर्छ भने ।

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य मुकुन्द आचर्यले बर्गसंघर्षको बाटो छोड्ने कोही पनि कम्युनिष्ट हुन सक्तैन भन्ने कुरा राख्दै २००८ सालमा सामन्त बर्गका बिरुद्ध कमरेड पुष्पलालले किसानलाई अखिल नेपाल किसान संघमा संगिठत गरेर देशब्यापी आन्दोलन चलाउँदा त्यसलाई अप्रिय भन्ने सामन्तबाद परस्त नेताहरुले नै पुष्पलाल बिरुद्ध षडयन्त्र गरेका हुन् र उनलाई अल्पमतमा पारेका हुन् भन्ने तथ्य उजागर गरे । नेपाल प्रगतिशील बुद्धिजीवी संघका केन्द्रिय सदस्य सुशील भटराईले माक्र्सबाद अजेय छ, यसकारण कम्यु्निष्ट आन्दोलन अजेय छ । समय लाग्ला, यो मानब सभ्यताको किासको कुरा हो । सामान्य सिद्धान्तको कुरा मात्र होइन, यसमा द्विबिधा पाल्नु हुन्न। जनता र राष्ट्रको हितमा सही काम गर्न छाड्नु हुन्न भन्ने खबरदारी गरे ।

नेकपा (जनपक्ष)की महिला नेतृ इन्दिरा अधिकारीले पनि लिखित रुपमा आफ्ना कु्राहरुलाई राखेर कमरेड पुष्पलाप्रति श्रद्धा सुमन ब्यक्त गर्दै अरुका कुरा छोडौ स्वयं कम्युनिष्ट पार्टीमा पनि महिलाहरु उपेक्षित रहेको कुरा औल्याउदै संस्थापक सदस्य मोतिदेबी श्रेष्ठको तस्वीर खोइ ? भन्ने प्रश्न गरिन् । उनले नेपाली साम्राज्य बिरोधी र सामन्तबाद बिरोधी जन आन्दोलनमा महिला समुदायको योगदान र संघर्षशीलता पुरुसकोभन्दा कम छैन भन्ने औल्याइन् । नेकपा (माक्र्सबादी पुष्पलाल)का नेता टंक भटराईले सामन्तबाद र साम्राज्यबादका पछि लाग्नेहरुसँग कुनै पनि किसिमको एकता हुन सक्तैन भने ।कार्यक्रमका बीचमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालmय सदस्य तथा संगठन बिभागका प्रमुख लक्ष्मण उप्रेतीले कमरेड प्ुष्पलालप्रति समर्पित क्रान्तिकारी कबिता बाचन गरेर उपस्थित  सबैमा क्रान्तिकारी भाव जागृत गराएका थिए ।