काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गर्दै राष्ट्र बैंकले नयाँ र पुराना दुवै वालेट प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको हो।
अब नयाँ वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य हुनेछ भने हालका प्रयोगकर्ताले २०८३ असोज मसान्तभित्र परिचयपत्र नम्बर अद्यावधिक गरिसक्नुपर्नेछ। विदेशमा रहेका नेपालीले भने अनलाइनबाट वालेट खोल्न सक्नेछन्, तर नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
नेपालपत्र संवाददाता