बुधबार, भाद्र ३ गते २०८३

सम्पत्ति शुद्धीकरण विभागमा एक खर्ब १८ अर्ब बिगो दाबी


श्रावण ८, २०८३ शुक्रबार
सम्पत्ति शुद्धीकरण विभागमा एक खर्ब १८ अर्ब बिगो दाबी

 सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गत आर्थिक वर्षमा सातवटा मुद्दा अभियोजन गरेको छ । विभागले  सार्वजनिक गरेको विवरणअनुसार १२१ जना प्रतिवादीबाट करिब रु एक खर्ब १८ अर्ब पाँच करोड बराबरको बिगो दाबी गरेको छ ।

विभागमा दर्ता भएका सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटीमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अगाडि बढाउने व्यवस्था छ ।

अनुसन्धान र अभियोजन सम्पन्न गर्नुपर्ने कार्यका लागि विभागमा चार वटा अनुसन्धान शाखाका अतिरिक्त कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखासमेत छन् । विभागले राजस्व चुहावट, भन्सार, अन्तस्शुल्क तथा व्यापारसम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान गर्दै आएको छ ।