काठमाण्डाै । कमरेड पुष्पलालको ४८औं स्मृति दिवस राष्ट्रिय स्वाधीनतमाथि बढ्दो बाहय हस्तक्षेप र आत्मसमर्पणबादका बिरुद्ध सशक्संत युक्त जन आन्दोलनकाे खाेजीमा लक्षित गरेर मनाइयो । राष्ट्रिय क्रान्तिारी मोर्चा, नेपालको तत्वाबधानमा सम्वाद डबली अनामनगरमा आयोजित कार्यक्रममा सबै बक्ताहरूले देशमा खुलंखुला बैदेशिक हस्तक्षेपका बिभिन्न अबाञ्छित गतिबिधि पहिलाभन्दा अझ बढेको यसका बिरुद्ध राष्ट्र र जनताको हितमा संघर्ष गर्दै आएका सच्चा कम्युनिष्ट,स्वाधीनताप्रेमी साम्राज्यबाद, प्रतिगमन र यथास्थितिबाद बिरोधी सबै शक्तिहरु जनतासँग एकाकार भएर खडाहुनु पर्ने कुरामा एकै स्वरमा जोड दिनुभयो । राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सशक्तरुपमा अघि बढाउन नेपाली श्रमजीबी जनता खाशगरी बहुसंख्यक ग्रामीण किसान र शहरी मजदुर बर्गका समस्यासँग गाँसेर यो राष्ट्रिय स्वाधिनाको आन्दोलनलाई गाासेर अघि बढाउनु पर्ने आवश्यकता अझ बढेको कुरा कार्यक्रममा कार्यपत्र प्रस्तोता तथा बक्ताहरुले जोड दिएका थिए ।

मोर्चाका संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थाई समिति सदस्य सन्तबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय क्रान्तिकारी मोर्चाको एक घटक - नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले राष्ट्रिय स्वाधीनतामाथिको बढ्दो खतराको ऐतिहासिक परिप्रेक्ष र बर्तमान स्थितिको उल्लेख गर्दै जब देशको राजनीति जनता र राष्ट्रको हितभन्दा बाह्य हस्तक्षेप निम्त्याउने र त्यसैका आधारमा जसरी पनि सत्तामा टिक्ने गलत दिशातर्फ मोडिन्छ, त्यसले राष्ट्रिय अस्तित्व र स्वाभिमानलाई नै गम्भीर संकटमा पार्न सक्छ । बिश्वभरी र हाम्रै वरिपरी पनि यस्ता समस्याले गाँजेको र राष्ट्रिय स्वाधीनता, सम्प्रभूता र राष्ट्रिय भू–अखण्डता नै समाप्त हुने वा सीमित बन्न पुग्ने गम्भीर खतरा उत्पन्न हुनेगरेको यथार्थ हामीले लामो समयदेखि देख्दै, सुन्दै र अनुभव पनि गर्दै आएका छौ । स्पष्ट छ, कि यस्तो अवस्था र तीतो अनुभबको परिप्रेक्षमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिक अखण्डता, नागरिक स्वतन्त्रता, राष्ट्रिय सुरक्षा र जनजीविकाको रक्षा र प्रबर्द्धन सुरक्षित र सुनिश्चित गर्न केही आधारभूत र रणनीतिका आधार तत्कालीन महत्वका विषयहरु जस्तो कि राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका पक्षधर सम्पूर्ण शक्तिहरु एकजुट भै कमरेड पुष्पलालको आमूल परिबर्तको क्रान्तिकारी बैचारिक दृष्टिकोणबाट निर्मित र नि:सृत ‘लाखौं–लाख झुपडीको एकता नेपालको राष्ट्रियता हो भने, तिनै झुपडीको हकहित नै जनवाद हो’ भन्ने मर्मलाई आत्मसात गरेर कम्युनिस्ट आन्दोलनलाई जनताकोबीच खासगरी किसान बर्गका मा पुर्याउनुपर्छ र आजको सन्दर्भमा बुद्धको शान्ति र पञ्चशीलको सिद्धान्तलाई पनि यससँग जोडेर आन्दोलनलाई ब्यापक बनाउनु र बिस्तार गर्नु पर्दछ भन्ने कुरामा सबैले उनले जोड दिएका थिए ।

राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक सन्तबहादुर नेपालीले विगतमा सत्तामा रहँदा कम्युनस्टहरुकै कमजोरी खासगरी सत्ता लोलुपता, जन अधिकार र जनजीकिकाको समस्याहरुप्रतिको उदासीताका कारण देशमा पछिल्लो समय बाह्य हस्तक्षेको समेत कारणले ‘घोर दक्षिणपन्थी’हरुको हातमा सत्ता गएको आरोप लगाए । यसरी देशमा बढ्दो वैदेशीक हस्तक्षेप र सरकारको जनविरोधी कदमकाविरुद्धमा सबै कम्युनिस्टहरु एक हुनुपर्ने आज अत्याधिक आवश्यकता रहेको औंल्याए ।

कार्यक्रममा विशिष्ट अतिथिकोरुपमा रहेका परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले राष्ट्रिय स्वाधीनता, जनताको स्वतन्त्रता र जनजीवीकाका साथै नेपालको परराष्ट्र नीति निर्माणमा पुष्पलालको विशिष्ठ योगदान रहेको चर्चा गर्दै नेपालको आजको भू–राजनिितक सन्दर्भमा स्वाधीनताको आन्दोलनलाई बुद्धको शान्ति र पञ्चशीलको सिद्धान्तसँग जोडर यो आन्दोलनलाई ब्यापक र शसक्त पार्न सकिने कार्यपत्रको आशय रहेको कुरामा सहमति जनाउदै यसलाई अझ प्रष्ट पारिनु पर्ने आवश्यकता दर्शाए । पत्रकारको एउटा समसामयिक प्रश्नको उत्तर दिदै श्रेष्ठले भने — ‘कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर संसदले एकैमतले पारित गरेको नेपालको राजनीतिक मानचित्र कसैले पनि हटाउन नसक्ने बताउँदै भने, ‘बालेनको केटाकेटी लहडले हटाउन कोशिस गरे त्यो गम्भीर रष्ट्रघात ठहरिने छ ।’
कार्यपत्रमाथि टिप्पँणी गदै वरिष्ठ अर्थ विज्ञ डा.डिल्लीराज खनालले वर्तमान सरकारले कर आतंक मच्चाएर जनतालाई त्राहीत्राही पारेको जिकिर गरे । ‘आहिलेसम्मका आन्दोलनहरुले नेपालको उत्पादन सम्बन्धमा परिबर्तन ल्याउन नसकेको र सत्ता साम्राज्याद परस्त हुँदै अएको कारण देशको अर्थतन्त्र परनिर्भर र साम्राज्यवादको अधिनस्थ हुँदै गएको छ’, डा.खनालले उल्लेख गरे । कार्यपत्र समसामयिक रहेको र यसले बदलिदो परिस्थितिमा आन्दोलनबिकसित गर्न चाहेको प्रतीत हुन्छ भने ।

वरिष्ठ अधिवक्ता डा.दण्डपाणी पौडेलले सुवेदीद्वारा प्रस्तुत कार्यपत्र वर्तमान परिप्रेक्षमा निकै सान्दर्भिक भएको उल्लेख गरे । उनल बिश्विमा शान्ति क्षेत्र र अनाक्रमण सन्धिहरु सम्वन्धि कानुका प्रावधानहरु तिनको कार्यान्वयको सबल र दुर्बल पक्षमा प्रकाश पार्दै यी सबै कुरा समेटर प्रस्तुत कार्यपत्रलाई थप समृद्ध गरी निर्णायक शान्तिका लागि प्रयुक्त गर्नुपर्नेमा जोड दिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसले शान्तिलाई निरपेक्षरुपमा वर्ग सापेक्षमा बुझ्नु पर्ने बताउँदै, भने, ‘साम्राज्यवादले युद्ध मात्रै थोपर्ने हो, शान्ति स्थापना गर्न सक्दैन, संयुक्त राष्ट्र संघको भूमिका पनि देखिएकै छ । त्यसैले साचो शान्ति केबल कम्युनिस्टहरुबाट मात्रै सम्भव छ ।’बुद्धले प्रदान गरेको शान्ति र पञ्चशीलको सन्देशलाई क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको सन्दर्भमा बुझ्नु बढी सामयिक होला भन्ने बिचार राख्नु भयो ।पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले समग्रमा कार्यपत्र सही रहेको बताउँदै, साम्रज्यवादका विरुद्ध सम्पूर्ण कम्युनिष्ट घटकहरु कमरेड पुष्पलालको बैचारिक धारामा एकजुट हुन सकेमा मात्र आजको सन्दर्भमा कमरेड पुष्पलालको स्मरण गरेको सार्थक हुन्छ भने ।
मोर्चाका घटक तथा नेकपा(मार्कसवादी पुष्पलाल) का अध्यक्ष मानध्वज गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नेपालको आधारभूत वर्ग ‘किसानका समस्या हाल नभई राष्ट्रका समस्य हल हुँदैन’ भन्ने कमरेड पुष्पलालको नेपालको सन्दर्भमा आधारभूत र ठोस मान्यतालाई विशेषरुपमा स्मरण गरेका थिए ।राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल घटक नेकपाका सचिवालय सदस्य नारायण शर्माले कार्यक्रम सञ्चालनको अन्त्यमा पुष्पलालका बिचार, नीति र सिद्धान्तलाई सही ढंगले बझेर कार्यान्वयन गर्न सके मात्रै नेपालको परिवर्तनलाई सार्थकता दिन सकिने र राष्ट्रिय स्वाधीनका अन्दोलनलाई पनि सशक्त र ब्यापक बनाउन सकिने कुरामा केन्द्रिय प्रस्तुत कार्यपत्र मूलतः सही छ भन्ने कुरा प्रष्ट पारेका थिए ।
शुरूमा कम्युनिष्ट अन्तर्राष्ट्रय गीत र स्वागत गीतबाट अघि बढाइएकाे कार्यक्रममा नेपाली जन आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरु, बेपता योद्धाहरु तथा नेपाली कम्युनिष्ट आन्दोलनका प्रबर्तक कमरेड पुष्पलालको सम्मानमा एक मिनेट मौन धारणा गरिएकाे थियाे ।

नेपालपत्र संवाददाता