नेपालको सार्वजनिक ऋण आर्थिक वर्ष २०८२/८३ को असारसम्म आइपुग्दा २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार एक वर्षअघि २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण एकै वर्षमा तीन खर्ब ८५ करोड रुपैयाँले बढेको हो।
यो वृद्धि ऋण परिचालनसँगै वैदेशिक विनिमय दरमा आएको परिवर्तनका कारण वृद्धि भएको कार्यालयले जनाएको छ। कुल सार्वजनिक ऋण अहिले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०७ प्रतिशत बराबर पुगेको छ। कुल ऋणमध्ये १५ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ वैदेशिक र १३ खर्ब ७५ अर्ब ४२ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ। यसअनुसार कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.७७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.२३ प्रतिशत रहेको छ।
नेपालपत्र संवाददाता