बुधबार, भाद्र ३ गते २०८३

क.पुष्पलालकाे ४८औँ स्मृति दिवसमा राष्ट्रिय स्वाधीनताबारे बिचार गाेष्ठी गरिने

श्रावण ३, २०८३ आइतबार
क.पुष्पलालकाे  ४८औँ  स्मृति दिवसमा  राष्ट्रिय स्वाधीनताबारे बिचार गाेष्ठी  गरिने
काठमाडौँ। कमरेड पुष्पलालकाे ४८औँ स्मृति दिवसका अबसरमा बढ्दाे बाह्य हस्तक्षेपकाे सवाल र कमरेड पुषपलाल बिषायमा बिचार गाेष्ठी  गरिने भएको छ। २०८३ असारकाे अन्तिम साता बसेकाे  राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालकाे बैठकले याे सामयिक निर्णय गरेकाे माेर्चाका संयोजक सन्तबहादुर नेपालीले बैठक पछि जारी गरेकाे बक्तब्यमा जनाइएकाे छ ।

श्रावण ७ गते काठमाडौँमा गर्न लागिएकाे उक्त गाेष्ठीमा  राष्ट्रिय स्वाधीनता सम्बन्धी नीति र कृतिहरूको स्मरण गरिने माेर्चाका आयोजकहरूले बताएका छन्।कार्यक्रमा साम्राज्यबाद बिराेधी देशभक्त, जनतान्त्रिक, वामपन्थी तथा बौद्धिक व्यक्तित्वहरूको जमघट रहने बताइएकाे छ ।

GBBL---Introducing-3-Product.pngगत असार २५ गते मुगुका १ पठाउ चलाक गणेश नेपालीले गरेको आत्मा दाहकाे उल्लेख गर्दै  बालेन सरकारको जनतालाई बाँच्न नदिने नीतिका कारणले  यस्ताे घटना भएकाे उल्लेख गर्दै अबका दिनाम  त्यस्ता घटनाहरु दोहोरिन नदिने स्थिति सिर्जना गर्न नीज मृतककाे परिवारलाकाे भरण पाेषणका लागि पर्याप्त क्षतिपूर्ति दिन पन  मोर्चाले माग गरेको छ।

बर्तामन बालेन सरकारले  दलाई लामाको ९१औं जन्मदिवसलाई नेपालमा मनाउन छुट दिनुलाई नेपालकाे एक चीन नीति विरुद्ध गएको ठहर गर्दै वक्तव्यमा त्यसलाई राष्ट्रघातकाे संज्ञा दिएको छ । विगत देखि नेपालले मान्दै आएको असंलग्न परराष्ट्र नीतिलाई कार्यान्वयन गर्नका लागि छिमेकी लगायत अन्य शक्ति राष्ट्रहरुसँग अनाक्रमण सन्धि गर्नको निम्ति पनि सरकारसँग मोर्चाले माग गरेको छ । 

यसका अतिरिक्वत माेर्चाकाे साे  क्तव्यमा बालेन सरकारले सुकुम्बासीहरूलाई वर्षायामको बेला सडकमा पुर्‍याउनुलाई अमानवीय, क्रुर र दमनकारी व्यवहार भनिएको छ । सुकुम्बासी, विस्थापित परिवारहरूसित न्यायोचित व्यवहार गर्न पनि सरकारसँग मोर्चाले पुन माग गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता