बुधबार, भाद्र ३ गते २०८३

सहकारीहरूले साउन १५ गते सम्मको आयलाई चालु वर्षकै आय गणना गर्न पाउने


आषाढ ३२, २०८३ बिहीबार
सहकारीहरूले साउन १५ गते सम्मको आयलाई चालु वर्षकै आय गणना गर्न पाउने

 

काठमाण्डाै । सहकारी संस्थाहरुले आगामी साउन १५ गते सम्मको ब्याज आम्दानीलाई आर्थिक वर्ष २०८२/०८३ को आम्दानीमा गणना गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी निमयन प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतोले ब्याज अघिल्लो आर्थिक वर्षकै आम्दानीमा गणनाका लागि साउन १५ गतेसम्मको म्याद दिइने जानकारी दिए ।

प्राधिकरणले  असार मसान्तभित्र उठ्न नसकेको तर पाकेको ब्याज यदि साउन १५ गतेभित्र प्राप्त भयो भने, त्यसलाई अघिल्लो आर्थिक वर्षकै नाफा वा आयमा गणना गर्न पाउने व्यवस्था गर्न लागेको हो । 

उता नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई साउन १५ सम्म उठेको ब्याजलाई चालु वर्षकै नाफामा गणना गर्न पाउने व्यवस्था गरिसकेको छ । केन्द्रीय बैंकले सो अवधिको ब्याज आम्दानीलाई सञ्चित नाफाबाट घटाउन नपर्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले दिएको समयावधि साउन १५ सम्म उठेको ब्याजलाई पनि चालु आर्थिक वर्षकै आम्दानी मानेर नाफामा समेत सार्न मिल्ने व्यवस्था गरेको हो ।