शनिबार, आश्विन १७ गते २०८३

इन्भेष्टमेण्ट बैंककाे चुक्ता पुँजी १८ अर्ब ३० करोड पुग्याे

मंसिर १७, २०७८ शुक्रबार
इन्भेष्टमेण्ट बैंककाे चुक्ता पुँजी १८ अर्ब ३० करोड पुग्याे

 

नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड पुगेको छ । 

बैंकको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश पारित गरेसँगै चुक्तापुँजी १८ अर्ब ३० करोड पुगेको हो। भर्चुअल रुपमा अाज सम्पन्न  बैंकको साधाराण सभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

सभाबाट  १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश पारित भएको छ । 

गत आर्थिक वर्ष बैंकले ५ अर्ब ११ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो भने ३ अर्ब ५५ करोड खुद नाफा गरेको थियो। 

बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् सेवा दिइरहेको छ। 

बैंक पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्डबाट सम्मानित भइसकेको छ।