शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारीका सुरक्षागार्डको हत्या गर्ने २ जना पक्राउ

मंसिर १६, २०७८ बिहीबार
सहकारीका सुरक्षागार्डको हत्या गर्ने २ जना पक्राउ

 

दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई केन्द्रीय अनुुसन्धान ब्यूरोले पक्राउ गरेको छ । 

गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई बिहिबार पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । 

गत कार्तिक १० गते बेलुकी ६ः३० बजेतिर घरबाट कार्यालयको सुरक्षाका लागि हिँडेका खड्का भोलिपल्ट बिहान घर नफर्किएको र कार्यालय जाँदा तोडफोडको अवस्था देखिएपछि संस्थाका व्यवस्थापकले सो विषयमा परिवारलाई जानकारी गराएका थिए । जानकारी पाए  लगत्तै संस्थाका सञ्चालक, कर्मचारी र परिवारका सदस्य भेला भएर घटना र निजको बारे खोजतलाश गरेका थिए । सो विषयमा ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, दोलखा र स्थानीय प्रहरी बिटलाई जानकारी गराइएको थियो । खड्काले प्रयोग गर्दै मोबाइल सम्पर्क गर्दा स्वच अफ देखाएकोले अन्यौल भएको थियो । 

वेपत्ता भएका खड्काको खोजी गर्दै जाँद दुई दिन पछि जुँगु–झ्याँकु सडकखण्डको पानीडाँडा नजिकै कार्यालयभन्दा ५सय मिटर वर बाटोमुनि जंगलमा उनको शव फेला परेको थियो । 

पक्राउ परेका बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि सहकारीबाट १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर उनीहरु जिल्ला सदरमुकाममा चरिकोट फर्किएका थिए ।