काठमाडौं। जगदम्बा मोटर्स प्रालिले नेपालमा नयाँ विद्युतीय सवारी 'प्रोटोन इ.एमएएस–५' सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार यो आफ्नो सेग्मेन्टमा नेपालको पहिलो रियर–ह्विल ड्राइभ कम्प्याक्ट एसयूभी हुनेछ।
सन्तुलित तौल वितरण, राम्रो नियन्त्रण, उच्च स्थिरता र सहज ड्राइभिङ अनुभवका लागि याे माेडल विकास गरिएको कम्पनीको दाबी छ। नेपालका सहरी सडक, राजमार्ग र पहाडी भूगोललाई ध्यानमा राखेर यो गाडी तयार गरिएको जनाइएको छ।
शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक हो। कम्पनीले विद्युतीय सवारीको विस्तार र गुणस्तरीय बिक्रीपछिको सेवा सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ। गाडीको प्राविधिक विवरण, मूल्य, बुकिङ र औपचारिक सार्वजनिक मिति भने आगामी केही साताभित्र घोषणा गरिने कम्पनीले जनाएको छ।
नेपालपत्र संवाददाता