कोफी अट्टा अन्नान (१९३८–२०१८) संयुक्त राष्ट्रसंघका पहिलो अश्वेत अफ्रिकी, सातौँ महासचिव, २००१ को नोबेल शान्ति पुरस्कारद्वारा विभूषित घानाली कुटनीतिज्ञ हुन् । घाना दक्षिण पश्चिमवर्ती अफ्रिकाको मध्यम आय भएको, तुलनात्मकरुपमा सामाजिक शान्ति तथा अमनचैन भएको मुलुक हो । उनी १९६२ मा राष्ट्रसंघको सेवाका लागि विश्व स्वास्थ्य संगठन (WHO) मा भर्ना भए ।
आफ्नो कार्यकालमा अन्नान एकपटक नेपाल भ्रमणमा आएका थिए । उनी आफ्नै नाममा स्थापित फाउन्डेशन र नेल्सन मण्डेलाबाट स्थापित ‘द इल्डर्स्’ (अग्रज) नामक अन्तर्राष्ट्रिय फाउन्डेशनका पनि अध्यक्ष थिए ।
१९९६ मा उनी राष्ट्रसंघका महासचिवका रुपमा दुई कार्यकाल बिताएर २००६ को अन्तिम दिनमा सेवानिवृत्त भए । नेपालको १० वर्षे द्वन्द्व समाधान र शान्ति प्रक्रियामा पनि अन्नानले महत्वपूर्ण भूमिका निर्वाह गरे । नेपालको शान्ति प्रयासकै क्रममा उनले लख्दर ब्राहिमी, स्यामुअल तम्राट जस्ता शान्ति दूतहरूलाई परिचालन गरे ।

उनले विश्व शान्ति, सुरक्षा र सामाजिक सद्भावका विषयवस्तुमा केही पुस्तक लेखेका छन् । उनले उपरोक्त वाणी नोबेल पुरस्कार ग्रहण गर्दा २००१ डिसेम्बर १० का दिन आयोजित समारोहमा प्रत्युत्तर भाषणका क्रममा व्यक्त गरेका हुन् । यसको पूर्णरुप :
"Today's real borders are not between nations, but between powerful and powerless, free and fettered, privileged and humiliated. Today, no walls can separate humanitarian or human rights crises in one part of the world from national security crises in another."
०७५भाद्र २ गते शनिबार जेनेभामा सामान्य बिमारीमै उनको निधन भयो । विश्व शान्तिका अभियन्ता अन्नान प्रतिष्ठित कुटनीतिज्ञ थिए ।
चन्द्रमणि गाैतम