शनिबार, आश्विन १७ गते २०८३

एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

मंसिर १५, २०७८ बुधबार
एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक


एनएमबि बैंकले बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनबाट बैंक अफ दि इयर एसिया २०२१ को अवार्ड पाएको छ।
आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। नेपालमा यसअघि यो अवार्ड कुनै बैंकले पाएका छैन । 

यो अवार्ड नेपालका सबै बैंक तथा वित्तीय संस्थाको जीत भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जनाए ।
उक्त अवार्ड पछि नेपालले एसियाका अन्य बैंक तथा वित्तीय संस्थासम्म पहुँच पुर्‍याउन थप सहज हुने केसीले बताए। 

बैंकले यसअघि चार वर्षमा तीनपटक बैंक अफ द इयर अवार्ड  जितेको थियो। फाइनान्सिलय टाइम्सले बैंकलाई सन् २०१७, २०१८ र २०२० मा गरी तीनपटक यो अवार्ड दिएको थियो। २०२१ मा भने बैंकले एसियाकै सर्वोत्कृष्ट बैंकको टाइटल अवार्ड जितेको हो। यससँगै बैंक अफ दि एयर २०२१  अवार्ड पनि एनएमबिले नै चौथो पटक पनि पाएको छ। 

बैंकका अध्यक्ष पवनकुमार गोल्याणले आफूले चार वर्षअघि देखेको सपना पूरा भएको बताए। लन्डनमा पहिलो अवार्ड पाउँदा तीन वर्षभित्र यो अवार्ड पाउने गरी काम गर्न सीइओ केसीसँग छलफल गरेको स्मरण गर्दै एक वर्ष ढिलो गरी भए पनि अवार्ड पाउनु सुखद उपलब्धि भएको र अबको पाँच वर्षभित्र विश्वकै सर्वोत्कृष्ट बैंक बन्ने सपना रहेको सुनाए ।