लक्ष्मी बैंकले लक्ष्मी डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ । आफ्ना ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले
बैंकले नाम दिएको उक्त योजना अन्तर्गत विभिन्न पुरस्कार र छुट प्रदान गर्ने भएको हो ।
एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु नै कार्यक्रमको लक्ष्य भएको बैंकले जनाएको छ ।
डिजिटल डिसेम्बरको यस संस्करण क्यू आर भुक्तानीको प्रवर्द्वन गर्ने बैंकले जनाएको छ । लक्की ड्रद्वारा आफ्ना ग्राहकहरुलाई क्यूआर भुक्तानी गर्न र व्यवसायी हरुलाई क्यूआर बाट लेनदेन गर्न प्रोत्साहन बैंकले गरेको छ ।
योजना अन्तर्गत, डिजिटल डिसेम्बर भरी हरेक हप्ता ३ भाग्यशाली क्यूआर व्यवसायीहरुले ५,००० नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली क्यूआर भुक्तानीकर्ताले ५०० सम्मको ५० प्रतिशत क्यासब्याक जित्न सकनेछन् ।
योजना अवधिभर, मोबाईल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाईल मनी मार्फत १००० रुपैयाभन्दा बढीको कारोबार गर्दा ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा रु. ५०० क्यासब्याक पाउन सक्नेछन् ।
डिजिटल कारोबारलाइ थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाईल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा निस्शुल्क पाउने बैंकले जनाएको छ ।