काठमाण्डाै । दक्षिण अमेरिकी राष्ट्र भेनजुएलामा शक्तिशाली दुईवटा भूकम्प गएका छन्। पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को ठूलो भूकम्प गएको हो। स्थानीय समय अनुसार बुधबार साँझ ६ बजेर ४ मिनटमा गएकाे भूकम्पको केन्द्र सान फेलिपे र युमारे आसपासको क्षेत्रमा रहेको बताइएको छ। भूकम्पको धक्का करिब ८० लाखले महसुस गरेको बताइएकाे छ ।
राजधानी काराकासमा भवनहरू भत्किएका छन्। सडक तथा अन्य संरचनामा पनि क्षति पुगेको छ। मानिसहरू त्रसित भएर घरबाहिर निस्किएका छन्। हालसम्म कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने केही व्यक्ति घाइते भएका छन्। क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ। हताहतकाे संख्या हजाराैंमा हुनसक्ने अमेरिकी अनुसन्धान संस्था यूएसजीएसको प्रारम्भिक अनुमान छ ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आपतकालीन अवस्था घोषणा गरेकी छन्। मुख्य विमानस्थल बन्द गरिएको छ र २० भन्दा बढी परकम्पन रेकर्ड भएका छन्। केही क्यारिबियन क्षेत्रमा सुनामी चेतावनीसमेत जारी गरिएको छ भने। उद्धार तथा राहत कार्य जारी रहेकाे जनाइएकाे छ।
नेपालपत्र संवाददाता