आधुनिक संवैधानिक लोकतन्त्रको बौद्धिक आधार युरोपेली जागरण युगका बेला निर्माण भएको थियो । अठारौँ शताब्दीको एक दार्शनिक आन्दोलन हुनपुगेको सो जागरण युगले परम्परागत सामाजिक, धार्मिक र राजनीतिक विचारलाई अस्वीकार गरी तार्किक धारणामा जोड दिएको थियो ।
त्यस आन्दोलनका अत्यन्त प्रभावशाली विचारकहरूमध्ये एक बेलायती दार्शनिक जोन लक (१६३२-१७०४) र उनका प्रमुख दार्शनिक उत्तराधिकारी, फ्रेन्च विधिवेत्ता तथा दार्शनिक मन्टेस्क्यु (१६८९–१७५५) थिए । उनी जोन लक जस्तै बहुमतको शासनमा आधारित लोकतन्त्र होइन, शासितको सम्मतिमा आधारित गणतन्त्रात्मक सरकारमा आस्था राख्थे ।
राज्यको शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनका विचारको लागि यिनी प्रख्यात छन् । उनले सन् १७४८ मा प्रकाशित ‘द स्पिरिट अफ लज’ (कानुनमा निहित भावना) मा व्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गर्ने निकायका रुपमा सरकारका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच अधिकारको विभाजन र सन्तुलन जस्ता कुराको वकालत गरे ।
अमेरिकामा यसै सिद्धान्तले राष्ट्रपति, काँग्रेस र न्यायपालिकाबीच अधिकारको विभाजन गरी अमेरिकी संविधानको
दार्शनिक आधार तयार पार्न समेत सघाउ पुर्याएको थियो । मन्टेस्क्युको यो भनाई “रोमनहरूको महानता र उनीहरूको अधोगतिका कारणउपर विचार" (Considerations on the causes of the greatness of the Romans and their decadence) को चौधौँ अध्यायबाट लिइएको हो ।
चन्द्रमणि गाैतम