शुक्रबार, कार्तिक ७ गते २०८३

दक्षिण बाराही महिला साकाेसकाे २३औं वार्षिक साधारण सभा सम्पन्न

मंसिर १५, २०७८ बुधबार
दक्षिण बाराही महिला साकाेसकाे २३औं वार्षिक साधारण सभा सम्पन्न

 

भक्तपुरको दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले निर्जला ढुंगेल दाहालको अध्यक्षतामा नयाँ संचालक समिति समेत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शारदा थापा, सचिवमा पार्वती घिमिरे भण्डारी र कोषाध्यक्ष तारा खतिवडा सापकोटा चयन भएका छन् ।

त्यसैगरी सदस्यमा तुलसा पूरी, रीता केसी, शारदा खनाल, भगवती पोखरेल ढुंगेल र लक्ष्मी कुमारी कार्की चयन भएका हुन् । 

संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा श्रृजना थापा खड्का तथा सदस्यमा चण्डिका थापा र मधुमाया श्रेष्ठ चयन भएका छन् ।

संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको सभापतित्व रहेको सभाको सूर्य विनायक न.पा. वडा नं. ४ का अध्यक्ष उत्तम थापाले उद्धघाटन गरेका थिए ।

सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले २०५५ सालमा २५ जना सदस्यहरुको सानो रकमबाट सीमित कार्यक्षेत्र लिएर भएको संस्थाले हालसम्म आइपुग्दा आवद्ध महिला सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेको बताइन् । संस्थाले ज्येष्ठ नागरिक, एकल, स्वनिर्भर महिला, बालबालिका र दीर्घ रोगीहरुको अवस्थालाई ध्यानमा राखी समयसमयमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको उनले बताइन् । 

संस्थाकी सचिव पार्वती घिमिरेले आ. व. २०७७।७८ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिइन् । त्यसैगरी संस्थाकी कोषाध्यक्ष तारा सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असारमसान्तसम्म १०४६ सदस्यबाट १ करोड १६ लाख शेयरपुँजी संकलन गरेका बताइन् । त्यसैगरी संस्थाले ५ करोड ७५ लाख ९७ हजार बचत संकलन गरी ७ करोड ४४ लाख ऋण लगानी गरेको  उनले जनाइन् । 

संस्थाले खरखाँचो, व्यवसायिक, कृषि तथा पशुपालन, स्वरोजगार, लघुउद्यमी, आवास तथा घर मर्मत जस्ता शिर्षकमा लगानी गर्दै आएको छ । संस्थाले समुदायमा छरिएर रहेको ससानो बचतलाई एकिकृत गरी कार्यक्षेत्र भित्रका सदस्यहरुको आर्थिक उपार्जनका लागि ऋण लगानी गर्दै आएको उनले बताइन् । 

dakshin.jpg

सभाले विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा जेष्ठ सदस्य जीवन्त कुमारी घिमिरे, गंगा कुमारी भण्डारी, सरस्वती थापा, गंगा कुमारी खत्री, विष्णु महत रहेका छन् ।

त्यसैगरी मिनु श्रेष्ठ, लक्ष्मी सुवेदी कार्की , शान्ति ढुंगेल, सावित्री मिजार, तारा मिजारलाई एकल वा स्वनिर्भर सम्मान गरिएको छ । सभाले बाल बचत उत्सव अधिकारी, प्रिशियस ढुंगेल, नियमित बचतमा भक्त कुमारी क्षेत्री, एैछिक बचतमा सावित्रा थापा बुढाथोकीलाई सम्मान गरेको छ ।

त्यसैगरी खुत्रुके बचतमा सुलोचना ढुंगेल, आवधिक बचत प्रेम कुमारी नेपाल गिरीलाई सम्मान गरेको हो । शेयर पूँजी अन्तर्गत उर्मिला खड्का, असल ऋणी निरु थापा र सदस्य वृद्धिमा सहयोग गर्ने पूजा रोका क्षेत्री थापा, शारदा खनाललाई सम्मान गरेको हो ।

त्यसैगरी विशेष सम्मान रामप्यारी खत्री र संस्थाको गतिविधिमा सक्रिय सहभागी सदस्य सम्मान विमला घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले संचालन गरेकी थिइन ।