शनिबार, आश्विन १७ गते २०८३

अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको राष्ट्रिय भेला काठमाण्डौमा सम्पन्न अध्यक्ष महादीप पोखरेल, उपाध्यक्ष बद्री अधिकारी, महासचिव परशु कोइराला


आषाढ ४, २०८३ बिहीबार
अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको राष्ट्रिय भेला काठमाण्डौमा सम्पन्न अध्यक्ष महादीप पोखरेल, उपाध्यक्ष बद्री अधिकारी, महासचिव परशु कोइराला

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित बुद्धिजीबीहरूको एक राष्ट्रिय भेलाले  अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेललाई निर्बाचित गरेको छ । विहीबार काठमाडौँमा सम्पन्न भेलाले पोखरेललाई अध्यक्ष चयन गरेको हो । त्यसरी नै सम्पन्न भेलाले संघको केन्द्रिय उपाध्यक्षमा बद्रीनाथ अधिकारी प्रदेश उपाध्यक्षहरूमा तोयाराज अधिकारी, भरतकुमार साह राेनियार, नवराज उप्रेती, श्यामसुन्दर श्रेष्ठ, सञ्जय पौडेल, राजेन्द्र साउदलाई   निर्वाचित गरेको छ।

यस संघको महासचिवमा परशु कोइराला, सचिव आशिष जोशी र कोषाध्यक्ष प्रेमबहादुर थापा निर्वाचित भएका छन् । त्यस्तै, केन्द्रीय सदस्यमा महेश पौडेल, बासुदेव नाथ, सुशील भट्टराई, खेम पौडेल, मोहन खतिवाडा, रामबहादुर अधिकारी, भोजराज विश्वकर्मा, तेज विश्वकर्मा, भगिरथ घिमिरे, पवन खवास, ध्रुब भण्डारी, अच्युत कट्टेल र भक्त रसाईली रहेका छन् ।

संघले डा. डीपी पौडेल प्रमुख रहेको  रमेश पौडेल, टिका कडेँल, निरेन्द्र कुँवर सदस्य रहेको एक  सल्लाहकार समितिको पनि चयन गरेको छ । भेलामा  २०२९ सालकाे माघ १६-१९ मा सम्पन्न राष्ट्रिय सम्मेलनद्वारा बुद्धिजीवीहरू पुनर्संगठित गरी  कमरेड पुषपलालले  शुरू गर्नु भएको पहल र प्रयत्नललाई फेरि नयाँ उचाईमा उठाउन याे अखिल नेपला प्रगतिशील बुद्धिजीवी संघ गठन गरिएको जानकारी प्रस्ताेता महादीप पाेखरेलले दिएका थिए ।

भेलामा शुभकामना दिँदै बिभिन्न कम्युनिस्ट  नेताहरुले राष्ट्रियता, जनतन्त्र र जनजिविका कमजोर भइरहेको बेला संघको गठन महत्वपूर्ण रहेको बताएका छन् । यस संघले जिम्मेवार प्रगतिशील शिक्तहरूलार्इ सचेत,संगिठत  र संङषार्षशील तुल्याउन  गर्न बल पुर्याउने उनिहरुले अपेक्षा गरेका थिए । उनिहरुले कमजोर हुँदै गएको कम्युनिस्ट आन्दोलनलाई सही दिन यसले टेवा पु¥याउने अपेक्षा र बिश्वस पनि गर्दै शुभकामना दिएका थिए।

udghatan.jfif

अन्तरार्ष्ट्रिय कम्युनिष्ट गीत बजाएर  सामुहीकरूपमा उद्घाटन गरिएको उक्त भेलामा बोल्नुहुँदै  नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनरायण सुवेदीले राष्ट्रिय स्वाधीनता र सम्प्रभूतालाई केन्द्रबिन्दूमा राखेर, राष्ट्रियता, जनतन्त्र, नागरिक स्वतन्त्रता तथा जन जीबिकाका समस्या हल गर्न सम्पूर्ण श्रमजीवी जनता सहीतको राष्ट्रीय एकता  बर्तमानको सर्बाधिक महत्वको जरूरी कुरा हाे भन्नेमा बिशेष जेडदिनु भयो । साम्राज्यबादले जनताका बीचमा फूट पार्न र बर्चश्व कायम गर्न जातीय, क्षेत्रीय,साम्प्रदायिक र साँसकृतिक कुराहरू उरालेर जनतामा फूट पैदा गर्ने  जुधाउने र संघर्षलाई कमजाेर पार्ने गतिबिधिप्रति सतर्क रहनु पर्ने कुरामा बुद्धिजीबीहरू सतर्क रहनु पर्ने अरूलाई पनि सावधान गराउनु पर्ने सुझाव दिएका थिए । 

नेकपा बहुमतका नेता दिपक चलाउने, स्वतन्त्र बुद्धिजीवी महिला सरला रेग्मी, नेकपासम्बध्द अखिल नेपाल प्रगतिशील मजदुर संघका इञ्चार्ज लक्ष्मण उप्रेती, अखिल नेपाल प्रगतिशील महिला संघका संयोजक सीता सुबेदी, बुद्धिजीबी नेता डा.डीपी पाैडेल र बुद्धिजीवी प्राध्यापक मोहन खतिवडा, जेनजी अभियन्ता रमेश विक्रान्त, पर्याबरणबिद् आशिष जोशीलगायतले बोल्नु हुँदै  शुभकामनाकासाथ बुद्धजीवीले खेल्नुपर्ने महत्वपूर्ण भूमिका बारे सामयिक बिचार ब्यक्त गरेका  थिए । कार्य क्रममा प्राध्यापक तथा साहित्यकार परशु काेइराला र पार्टीका कार्यालयका प्रमुख मुकुन्द आचार्यले प्रस्तुत कार्यपत्रमाथि बिभन्न महत्वपूर्ण सुझावहरू दिएका थिए ।

बुद्धिजीवी प्राध्यापक बद्रिनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अन्त्यमा नेकपाका नेता नारायण शर्माले निर्बाचित पदाधिकारी र सदस्यहरूको नामाबली घोषणा गर्दै र बधाई दिदै कार्य समितिकाे पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्य समितिमा केही स्थान पछि थप गर्ने भेलाकाे सहमतिकासाथ रिक्त राखिएकाे बताइएकाे छ ।

karykram photos.jpg

बुद्धिजीवी प्राध्यापक सुशील भटराईले स्वागत गर्नु भएकाे याे महत्वपूर्ण कार्यक्रमको शुरूमा महान समाजबादी साहित्यकार म्याक्सिम गोर्कीको उच्च  सम्मान र हार्दिक स्मरण गरिएको थियो भने देशका बिभन्न जन संघर्षहरूमा जीवन बलिदान गर्ने महान शहीदहरू र बेपत्ता याध्दाहरूप्रति उच्च सम्मान प्रकट गरिएको थियो ।