शुक्रबार, कार्तिक ७ गते २०८३

अल न्यु किया के–थ्री सेल्टोस नेपाली बजारमा


जेठ २९, २०८३ शुक्रबार
अल न्यु किया के–थ्री सेल्टोस नेपाली बजारमा

 

काठमाडौं । किया नेपालले अल न्यु किया के३ सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ। तेस्रो पुस्ताको यो एसयूभीमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ। नयाँ के३ प्लेटफर्ममा आधारित सेल्टोसमा फराकिलो क्याबिन, लेभल–२ एडास, ६ एयरब्याग, २१ सुरक्षा सुविधा, प्यानोरामिक डिस्प्ले र सनरुफ जस्ता विशेषता छन्। 

यसले फाइभ–स्टार बीएनसीएपी सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीको दाबी छ। किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले नयाँ सेल्टोसले नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उच्च सुरक्षा प्रदान गर्ने बताइन् । उक्त नयाँ मोडल अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गरिने भएको छ।