शुक्रबार, कार्तिक ७ गते २०८३

हालसम्म ३५०० ले बुझाए सम्पत्ति विवरण,  छानबिन आयोगले थप्याे असार मसान्तसम्मको म्याद


जेठ २७, २०८३ बुधबार
हालसम्म ३५०० ले बुझाए सम्पत्ति विवरण,  छानबिन आयोगले थप्याे असार मसान्तसम्मको म्याद

काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थप्दै असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीलाई विवरण सङ्कलनका लागि समय अपुग भएपछि म्याद थपिएको हो। जेनजी आन्दोलनका क्रममा केही कार्यालयमा आगजनी हुँदा पनि विवरण सङ्कलन प्रभावित भएको उनले जनाएका छन्। यो अन्तिम पटकका लागि मात्र म्याद थपिएको स्पष्ट गर्दै अध्यक्ष भण्डारीले सम्बन्धित सबैलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न आग्रह गरेका छन्।

हालसम्म ३ हजार ५०० भन्दा बढी व्यक्तिले विवरण बुझाइसकेका छन् भने आयोगमा ६० वटा उजुरी दर्ता भएका छन्। आयोगले २०४८ सालपछि सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा हटिसकेका राजपत्राङ्कित विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी गरिरहेको जनाएको छ।