बनेपा । विश्व वातावरण दिवसको अवसरमा पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बनेपा नगरपालिका–११ स्थित सिनागालको शारदादेवी मन्दिर परिसर तथा व्यायाम पार्क क्षेत्रमा सरसफाइ तथा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ।
शनिबार बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा संस्थाका समिति तथा उपसमितिका पदाधिकारी, कर्मचारीसहित ५७ जनाको सहभागिता रहेको थियो। संस्थाका अध्यक्ष निरन शाक्य र वडा नं. ११ का अध्यक्ष शिवकुमार थापाले संयुक्त रूपमा कुचाे लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको संयोजन संस्थाका कोषाध्यक्ष पवनराज कर्णजीतले गरेका थिए।
कार्यक्रमको समापनमा सहकारी शिक्षा तथा संस्थाको परिचयसम्बन्धी प्रस्तुति गरिएको थियो। सो अवसरमा वडा अध्यक्ष थापाले यस्ता सामाजिक तथा स्वयंसेवी गतिविधिलाई अन्य स्थानमा समेत निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्दै सहभागीहरूलाई धन्यवाद दिएका थिए।
संस्थाका अध्यक्ष शाक्यले सहयोग तथा समन्वयका लागि वडा कार्यालय र वडा अध्यक्ष थापालाई सम्मान तथा मायाको चिनो प्रदान गर्दै कार्यक्रमको समापन गरेका थिए।

नेपालपत्र संवाददाता