शनिबार, आश्विन १७ गते २०८३

विदेशबाट सामान आयात गर्न ५० हजार डलरको सिलिङ

मंसिर १४, २०७८ मंगलबार
विदेशबाट सामान आयात गर्न ५० हजार डलरको सिलिङ

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेका नयाँ व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै मौद्रिक नीतिको समीक्षामार्फत् फेरबदल भएका व्यवस्था कार्यान्वयन गर्न भनेको हो । 

त्यस अनुसार अबदेखि विदेशी सामान आयात गर्दा एक पटकमा ५० हजार अमेरिकी डलर सम्मको मात्र आयात गर्न सकिनेछ । यसअघि डकुमेन्ट एगेन्स्ट पेमेन्टको माध्यम बाट गरिने आयातको सीमा १ लाख डलर रहेको थियो । 

त्यसैगरी अबदेखि सुनचाँदी ब्यवसायीले आफ्नै लागि गरगहना बनाइ बिक्री गर्न, हस्तकला लागयतका सामान बनाइ बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनका लागि मात्र चाँदीको आयात गर्न पाउने भएका छन् । त्यसका लागि एक पटकमा ३५ हजार डलरसम्मको मात्र चाँदी आयात गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको हो । 

गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरेको छ । अब गैर आवासिय नेपालीहरुको नाममा संयुक्त रुपमा खाता खोलेर निक्षेप राख्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले डेरिभेटिभ्स कारोबारमा ओपन अप्सन राख्न नपाइने व्यवस्था गरेको छ । निर्देशन अनुसार यस्तो कारोबार प्राथमिक पुँजीको १५ प्रतिशत मात्र गर्न पाइने भएको हो । 

गत शुक्रबार राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा गरेको थियो।