काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू स्वीकृत गरेको छ। साथै, बैंकले हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको जनाएको छ।
सभाबाट संस्थापक शेयरधनीतर्फ अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल तथा सर्वसाधारण शेयरधनीतर्फ आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्विरोध निर्वाचित भएका छन्।
नेपालपत्र संवाददाता