बुधबार, भाद्र ३ गते २०८३
आर्थिक वर्ष २०८३/८४ को बजेट

बालपोषण भत्ता दोब्बर, सक्नेलाई सामाजिक सुरक्षा भत्ता त्याग्न आव्हान


जेठ १५, २०८३ शुक्रबार
बालपोषण भत्ता दोब्बर, सक्नेलाई सामाजिक सुरक्षा भत्ता त्याग्न आव्हान

 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ । ८४ को बजेटमार्फत बाल पोषण भत्ता वृद्धि गरी रु. ५०० बाट एक हजार बनाएका छन् भने निरन्तरता दिँदै जाने बताएका छन् ।  

उनले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग गर्न समेत आह्वान गरेका छन् । बजेट प्रस्तुत गर्दै उनले आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छाले नलिन आग्रह गर्दै “सक्नेले छोडौं, नसक्नेले लिउँ” भन्ने अभियान अघि बढाइने घोषणा गरेका हुन् ।