अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक बर्ष २०८३ \ २०८४ को बजेट संसदमा प्रस्तुत गर्दै ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरिने बताएका छन् ।
उनले औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको र कुल २७३ वस्तुमा भन्सार दर घटेको बताए। ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री वाग्ले बताए।
भन्सार विन्दुमा संकलन हुने छरिएका करलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको र आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषणा गरेको उनले उल्लेख गरे ।
नेपालपत्र संवाददाता