सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ। सरकारले करयाेग्य आयकाे सीमा १० लाख पुर्याएको हो । हालसम्म व्यक्तिगत आयकरको न्यूनतम सीमा ५ लाख रहेकाे थियाे ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताएका हुन् । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ । त्यस्तै, व्यक्तिगत आयमा लाग्ने अधिकतम करको दर २९ प्रतिशत कायम हुनेछ।