शुक्रबार, कार्तिक ७ गते २०८३

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत


जेठ १५, २०८३ शुक्रबार
मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

काठमाण्डाै । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि तयार पारेको बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले तयार पारेको बजेट शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गरिएको हो । स्वीकृतिपछि अर्थमन्त्री वाग्ले बजेट दस्तावेजसहित संघीय संसद् तर्फ प्रस्थान गरेका छन् । 

अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको आय–व्ययको अनुमानसहितको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सरकारले बजेटमार्फत आर्थिक सुधार, सुशासन र उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता दिने जनाएको छ ।