शनिबार, आश्विन १७ गते २०८३

नयाँपाटी साकोसले सदस्यकाे ऋण पुनर्तालिकीकरण गरिदिने

आषाढ १४, २०७८ सोमबार
नयाँपाटी साकोसले सदस्यकाे ऋण पुनर्तालिकीकरण गरिदिने

 

नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि विशेष छुटको व्यवस्था गरेको छ । कोरोना भाइरस महामारीबाट जोगिन सरकारले पटकपटक निषेधाज्ञा लगाउँदा व्यापारव्यवसाय ठप्प भई सदस्यहरु आर्थिक चपेटामा परेको भन्दै संस्थाले छुट तथा अन्य सुविधा दिने भएको हो । 

संस्थाले कोरोनाका कारण ऋणको किस्ता बुझाउन नसकेका सदस्यहरुको लागि ऋणको पुनर्तालिकीकरण गरिदिने र त्यसवापत कुनै शुल्क र हर्जाना नलिने भएको हो । त्यसैगरी कर्जामा पाकेको जेठ र असार महिनाको ब्याजमा १० प्रतिशत छुट तथा कुनै हर्जाना लाग्ने छैन । त्यसैगरी यस अघि नै जेठ र असारको ब्याज भुक्तानी गरिसकेका सदस्यहरुले पनि यो सुविधा पाउने व्यवस्थापक रमेश श्रेष्ठले बताए । 

भाखा नाघेको ऋणीले पाकेको ब्याज मात्र बुझाएमा ब्याजमा लाग्ने हर्जाना र ऋण नविकरण शुल्कमा शत्प्रतिशत छुट पाउने छन् । यी सुविधा असार मसान्तभित्रका लागि मात्र कायम गरिएको उनले जनाए । 

प्रशासनले बैंकवित्त तथा सहकारीलाई नियमित रुपमा सञ्चालन गर्न पाउने व्यवस्था गरेकाले सुरक्षाका सम्पुर्ण मापदण्ड पालना गरी नियमित रुपमा कार्यालय सञ्चालन गर्न थालिएको श्रेष्ठले बताए ।