शुक्रबार, कार्तिक ७ गते २०८३

कुल जनसंख्याको ९९ प्रतिशतमा पुग्यो विद्युत् पहुँच


जेठ १४, २०८३ बिहीबार
कुल जनसंख्याको ९९ प्रतिशतमा पुग्यो  विद्युत्  पहुँच

  नेपालको कुल जनसंख्याको ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले ९९ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले यस आर्थिक बर्षको फागुनसम्म नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ४ हजार १०५ मेगावाट पुगेको जानकारी दिए।  चालु वर्ष भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा विद्युत् निर्यात गरिएको समेत उनले बताए ।