काठमाण्डाै । तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्न ९१ दिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल गर्न अनलाइन प्रणालीमार्फत् दिउँसाे ३ बजेकाे समय ताेकेकाे छ ।
राष्ट्र बैंकका अनुसार उक्त उपकरणको अवधि ९१ दिन रहनेछ भने साँवा तथा ब्याज २०८३ भदौ ३ गते भुक्तानी गरिनेछ । ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।
उक्त उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ भने ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले जारी गर्ने यस्तो निक्षेप संकलन उपकरण बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न प्रयोग गरिन्छ । साथै, उक्त उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
नेपालपत्र संवाददाता